ad ad

राजनीति


ऋणात्मक अर्थतन्त्रलाई सुधार्न सरकारले महत्वपूर्ण काम गरिरहेको छ : मन्त्री खड्का

ऋणात्मक अर्थतन्त्रलाई सुधार्न सरकारले महत्वपूर्ण काम गरिरहेको छ : मन्त्री खड्का

नेपालखबर
भदौ ८, २०८० शुक्रबार २१:२७, काठमाडौँ

उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले देशको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण काम गरिरहेको जिकिर गरेका छन्।

अर्थतन्त्रमा परेको विश्वब्यापी नकारात्मक प्रभावले देशमा रहेको ऋणात्मक अर्थतन्त्रलाई सुधार गर्न सरकारले महत्वपूर्ण काम गरिरहेको उनले जिकिर गरेका हुन्।

चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालयको प्रशासनिक भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘देशको आर्थिक अवस्था कमजोर हुँदा सरकारले सोचेजसरी बिकासको काम गर्न सकेको छैन, सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको नेतृत्वमा सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ।’

अर्थतन्त्रलाई बलियो बनाएर सरकारले बिकास बजेटको परिपूर्ती गरी जनभावना अनुरुप देशलाई सम्वृद्धि तर्फ लैजाने उनले बताएका छन्।

भ्रष्ट्राचार अन्त्य गर्न, देशमा सुशासन स्थापना गर्न,मिटरब्याज लगायत जनताको पिडामा मलहम लगाउन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार सफल भएको दावी गर्दै उपप्रधान एवं रक्षा मन्त्री खड्काले सरकारको यो कदममा प्रदेश र स्थानीय सरकारले समेत उसैगरी साथ् दिनुपर्ने आवश्यकता औंल्याएका छन्। 

देशमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले तीनै तहका सरकार र सबै नेपाली जनता यसप्रति सचेत हुनुपर्ने तथा सामुहिक एकताबाट सामाजिक सद्भाव बिथोल्न खोज्नेहरुलाई परास्त गर्नुपर्ने प्रष्ट पारे।

कार्यक्रममा रक्षा मन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले चाँगुनारायणको बिकासमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्दै ५ नम्बर वडा कार्यालय जाने बाटो विस्तार र निर्माणमा नेपाली सेनाको तर्फबाट अवरोध नहुने आश्वासन समेत दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .