विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताए।
उनले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न नर्देशन दिएको बताए।
‘विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार छलफल सम्पन्न गरेको छ। समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्ने गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ,’ उनले भने, ‘सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्नेछ। १६ गते बस्ने बैठकबाट पारित हुनेछ।’
सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने र कार्तिक १६ गते बस्ने समितिको बैठकबाट पारित गर्ने बताए।
Shares
प्रतिक्रिया