राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयले आयोजना गरेको लेक्चर सिरिजमा भर्चुअल सम्बोधन गरेका छन्।
‘वन पर्सन क्यान मेक अ डिफरेन्स’ सिरिजअन्तर्गतको वक्ताको रुपमा आमन्त्रण गरिएको थियो। उक्त सिरिजमा भौतिक रुपमा उपस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअल सम्बोधन गरेको उनको सचिवालयले जनाएको छ।
विगतमा त्यस विश्वविद्यालयले आयोजना गरेको यस्तै लेक्चर सिरिजमा नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्यू डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा। अरुण गान्धीलगायतले सम्बोधन गरेका थिए।
51
Shares
प्रतिक्रिया