सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले नेपालमा टिकटक बन्द गराउने विषयमा आफ्नो दलसँग कुनै छलफल वा सहमति नभएको दाबी गरेका छन्।
मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका सबै दल र प्रतिपक्ष दलसमेतको सहमतिमा सरकारले टिकटक बन्द गराउने निर्णय गरेको बताएका थिए।
सोप्रति असहमति जनाउँदै कांग्रेस महामन्त्री थापाले यस विषयमा आफ्नो दलसँग कहिले र कहाँ छलफल र सहमति गरियो भनी प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीको अभिव्यक्ति आएलगत्तै कांग्रेस महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘प्रमज्यूलाई प्रश्न छ– कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले, कसले गर्यो सहमति?’
महामन्त्री थापाले पार्टी प्रमुख (सभापति शेरबहादुर देउवा) सँग भएको सम्झौतालाई दलहरूबीचको सहमति भन्न नसकिने जिकिर गरेका छन्।
‘प्रमज्यू! पूर्वप्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईंहरूबीचको समझदारी हो, पार्टीहरूबीचको होइन’, उनले भनेका छन्, ‘पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टीभित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौँ पार्टीले बोक्न सक्दैन।’
सम्बन्धित थप समाचार :
- ‘नेपालमा टिकटक नचल्ने मात्रै भएको हो, पुराना सामग्री हट्दैनन्
- नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय
- टिकटक बन्द गर्ने निर्णयको विरोध सुरु, के भन्छन् कानुनविद्?
- टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन थापाको आपत्ति, कदम सच्याउन माग
- टिकटक बन्द गर्ने निर्णयमा विश्वप्रकाशको प्रश्न– पिलो आयो भने गर्धनै काट्ने?
- रवि लामिछानेको प्रश्न– टिकटक बन्द गर्ने नेताहरू भ्रष्ट होलान्, पार्टी नै बन्द गरिदिने?
- टिकटक बन्द गर्ने निर्णयमा राप्रपाको विरोध, प्रवक्ता भन्छन्– अधिनायकवादको नयाँ अध्याय
- टिकटक बन्द गराउने निर्णय उचित भएन, ध्यान देऊ : एमाले महासचिव पोखरेल
- टिकटक प्रतिबन्ध प्रकरणमा सत्ताधारी कांग्रेसबाट विरोध, प्रतिपक्षी एमालेको घुमाउरो समर्थन
- टिकटक बन्द गर्दा बालेन खुसी कि बेखुसी?
- केही इन्टरनेट कम्पनीले टिकटक बन्द नगरेको पाइयो, कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
Shares
प्रतिक्रिया