अमेरिकाको मेरिल्यान्ड राज्यमा एकजना नेपाली मूलका नागरिक गभर्नर कमिसनको सदस्यमा नियुक्त भएका छन्।
अमेरिकाको मेरिल्यान्ड राज्यको दक्षिण एसिया मामिला हेर्ने गभर्नर कमिसनको सदस्यमा डा. विशाल भण्डारी नियुक्त भएका हुन्।
नियुक्ति पत्र पाएपछि डा. भण्डारीले खुसी हुँदै भनेका छन्, ‘गभर्नर वेस मुरको कार्यालयबाट दक्षिण एसियाली अमेरिकी मामिलासम्बन्धी गभर्नरको आयोगको सदस्यका रूपमा सेवा गर्न यो नियुक्ति पत्र प्राप्त हुँदा म कृतज्ञ छु। म इमान्दारीपूर्वक समुदायको सेवा गर्न तत्पर छु।’
उनलाई नेपालीहरूले सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका छन्।
462
Shares
प्रतिक्रिया