नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन्। बैठक मंसिर २६ (मंगलबार) गते दिउँसो १ बजेका लागि बोलाइएको कोइराला पक्षीय नेता गुरु घिमिरेले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।
‘मंसिर २६ गते दिउँसो १ बजेका लागि बैठक राखिएको सूचना मलाई पनि आएको छ,’ उनले आइतबार साँझ नेपालखबरसँग भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी गराइएको छैन।’
बैठक बत्तिसपुतलीस्थितत अनुपम फुडन्यान्डमा बस्ने तय भएको पनि घिमिरेले जानकारी दिए।
बैठकमा महासमिति बैठक, गठबन्धनप्रतिको धारणा र सरकारका काम कारबाहीबारे समीक्षा हुने बताइएको छ।
264
Shares
प्रतिक्रिया