ad ad

राजनीति


प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता

नेपालखबर
असोज ७, २०८१ सोमबार ५:१६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ। 

ओली र मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो। 

संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। शनिबार साँझ प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .