ad ad

राजनीति


सत्तारुढ माओवादी र समाजवादीका कार्यकर्ताबीच अनामनगरमा कुटाकुट

लेनदेन नमिलेपछि भएको थियो विवाद
सत्तारुढ माओवादी र समाजवादीका कार्यकर्ताबीच अनामनगरमा कुटाकुट

तस्बिर : तीर्थ न्यौपाने


नेपालखबर
मंसिर २६, २०८० मंगलबार १८:०, काठमाडौँ

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मंगलबार काठमाडौंको अनामनगरमा कुटाकुट भएको छ।

माओवादी केन्द्रका कार्यकर्ताले एकीकृत समाजवादीका डोल्पा जिल्ला उपाध्यक्ष मानबहादुर बुढालाई अनमानगरस्थित भित्री सडकमा कुटपिट गरेका हुन्। 


बुढालाई माओवादी कार्यकर्ताहरू जीवन तिरुवा लगायत लेनदेन नमिलाएको भन्दै मंगलबार दिउँसो कुटपिट गरेका हुन्।

अनामनगरस्थित ‘हिलिहाङ ग्रीन टी’ पसल छेउमा बुढालाई लछारपछार गर्दै कुटिएको हो।

माओवादीको भ्रातृसंगठनअखिल क्रान्तिकारीका नेता तिरुवा बौद्ध बहुमुखी क्याम्पस स्ववियु सभापति हुन्। 

एकीकृत समाजवादीका बुढालाई ५/७ जनाको युवाले मुक्का बर्साएका थिए। घिर्सार्दै लात्ती बजाएका उनीहरूको कुटपिटबाट बुढाको अनुहारमा चोट लागेको छ।

उपाध्यक्ष बुढालाई कुटपिट हुँदा घटनास्थलनजिकका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि दुवै पक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .