राजनीति


कांग्रेस नै यो सरकारसँग आजित भइसकेको छ : केपी ओली

कांग्रेस नै यो सरकारसँग आजित भइसकेको छ : केपी ओली

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ११:४०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पत्रा पहाडको विकास र समृद्धि खोज्ने यात्रा भएको बताएका छन्। 

बिहीबार बिहान भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रममा बोल्दै ओलीले पहाडका समस्या र सम्भावना खोज्न एमाले यात्रामा निस्किएको बताए। 

‘यो ठाउँको विकासको सम्भावना खोज्न आएका हौँ’, ओलीले भने। 

संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको ओलीले बताए। 

कुनै एक ठाउँको मात्रै विकास गरेको देश विकास नहुने उनले प्रष्ट पारे। 

देश विकासका लागि देशको समग्र भूगोल र क्षेत्रको विकास हुनु पर्नेमा उनले जोड दिए। ‘यो देशको समग्र विकास गर्न सकेनौँ भने देश विकास गर्न सक्दैनौँ’, ओलीले भने। 

समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्रै भएको ओलीको दाबी छ। त्यसका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनले प्रष्ट पारे। 

त्यसैले एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उनको भनाइ छ। ‘हामीले समृद्ध नेपाल सुखी नेपाली बनाउन मिसन ०८४ भनेका हो’, उजले भने।

देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए। 

त्यो राष्ट्रिय शक्ति नेकपा एमाले भएको उनको भनाइ छ । ‘यो देशमा राष्ट्रिय शक्ति बलियो बनाउन सकिएन भने देश बर्बाद हुन्छ, देश बरबाद भएको हेरेर बस्न सकिँदैन’, ओलीले भने।

वर्तमान गठबन्धन सरकार अनियमितता, भ्रष्टाचार र नातावादमा चुर्लुम्म डुबेको ओलीले बताए। 

गठबन्धन कुहिसकेकाले कुनै बेला खस्ने ओलीले टिप्पणी गरे। 

‘कांग्रेस नै यो सरकारसँग आजित भएको छ, यो सरकार असफल भइसकेको छ, कांग्रेसले नै २०८४ सम्म पर्खन सकिँदैन भनिरहेको छ, यो सरकार कुहिएर झर्न लागेको छ’, उनले भने।

कार्यक्रममा बोल्दै ओलीले नेपाली जनतालाई निराश नहुन पनि आग्रह गरे। एमाले हुँदा हुँदै जनताले निराश हुनुपर्ने उनको भनाइ छ । 

‘निराश हुनु पर्दैन, अगतिलो सरकार बन्यो अब सच्याउनु पर्छ’, ओलीले भने।

अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको उनले बताए। ‘फेरि पनि एमालेले विकास गर्न विश्वास दिलाउँछु’, ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .