विवेकशील साझा पार्टीको संघीय प्रशिक्षण विभागले काठमाडाैँमा बिहीबार सूचनाको हक (आरटीआई) सम्बन्धी तालिम सम्पन्न गरेको छ।
सूचनाको हक कार्यान्वयन गरी सुशासन कायम गर्न आरटीआई तालिम उपयुक्त औजारजार भएकाले पार्टीले 'सूचनाको हक अभ्यास अभियान'नै सुरु गर्न लागेको पार्टी उपाध्यक्ष एवं संघीय प्रशिक्षण विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए।
सूचनाको हकका अभियन्ता एवं नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल प्रमुख स्रोत व्यक्ति रहेको तालिममा पार्टीका पदाधिकारी, अगुवासहित ३५ जनाभन्दा बढीको सहभागिता थियो।
120
Shares
प्रतिक्रिया