जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ।
बुधबार बिहान ११ बजेदेखि ललितपुरको ज्यापु प्रज्ञा भवनमामा सुरु हुने बैठक बिहीबार सकिने जसपाले जनाएको छ। बैठकमा जसपाका राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछन्।
बैठकमा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा सदस्यहरुले आआफ्नो सक्रियतामा भएका पार्टी कामहरुको प्रगति विवरणसमेत पेस गर्ने कार्यक्रम रहेको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।
राजनीतिक समितिको बैठकपछि यही पुस २७ गते जसपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।
12
Shares
प्रतिक्रिया