ad ad

राजनीति


मेलम्चीको पानी पुनः वितरण सुरु, धाराको पानी खाएर प्रधानमन्त्रीले गरे शुभारम्भ (तस्बिर)

मेलम्चीको पानी पुनः वितरण सुरु, धाराको पानी खाएर प्रधानमन्त्रीले गरे शुभारम्भ (तस्बिर)

तस्बिर : सराेज बैजु


सरोज बैजु
माघ १, २०८० सोमबार ९:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको  शुभारम्भ गरेका छन्।

सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन्। सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर पानी पिउँदै उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा खानेपानीमन्त्री महेन्द्र यादव, सञ्चारमन्त्री रेखा शर्मा, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, भूमिसुधारमन्त्री रन्जिता श्रेष्ठ, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति थियो। 

गएको वर्षातको समयमा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट पुनः काठमाडौँमा विवतरण सुरु भएको हो।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। 

अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। 

लामो प्रतिक्षापछि काठमाडौँ आएको पेलम्चीको पानी विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहानमा क्षति पुग्दा बाह्रै महिना वितरण हुन नसक्ने अवस्थामा पुगेको छ।

वर्षात्को बेला रोकिने गरेको मेलम्चीको पानी हिउँदका केही महिना भने काठमाडौँमा वितरण हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .