ad ad

राजनीति


युगान्डाबाट काठमाडौँ आइपुगे प्रधानमन्त्री (तस्बिर)

युगान्डाबाट काठमाडौँ आइपुगे प्रधानमन्त्री (तस्बिर)

सरोज बैजु
माघ ७, २०८० आइतबार ९:२२, काठमाडौँ

चार दिन लामो विदेश भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। 

गएको बुधबार युगान्डा प्रस्थान गरेका प्रचण्ड आइतबार बिहान नौ बजे त्रिभुवन विमास्थलमा अवतरण भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, पार्टीका कार्यकर्ताले स्वागत गरेका छन्।

गएकाे बुधबार युगान्डा गएका प्रधानमन्त्री प्रचण्डले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको उन्नाइसौँ शिखर सम्मेलनलाई सम्बाेधन गर्नुका साथै विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए। 

युगान्डामा प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गरेका थिए।

युगान्डाबाट उनी कतारको दोहा हुँदै नेपाल आएका हुन्।

तस्बिरहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .