राष्ट्रिय सभा निर्वाचनको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर (कोसी प्रदेश) जाँदै छन्।
ओलीको सचिवालय सदस्य रामशरण बजगाईका अनुसार पार्टीका केही कार्यक्रमका लागि उनी आज दिउँसो त्यसतर्फ जाने भएका हुन्।
राष्ट्रिय सभाका १९ सदस्य चुन्न यही माघ ११ गते चुनाव हुँदै छ।
सोमबार मात्र कोसी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपा मिल्ने सहमति भएको छ।
त्यसको भोलिपल्टै एमाले अध्यक्ष ओली कोसी प्रदेश जान लागेका हुन्।
सचिवालय सदस्य बजगाईंले नेपालखबरसँग भने, ‘कार्यक्रम सकेर अध्यक्षज्यू भोलि (बुधबार) काठमाडौँ फर्कने कार्यक्रम छ।’
153
Shares
प्रतिक्रिया