राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको एजेन्डामा हिजोको राजसंस्था नरहेको बताएका छन्।
उनले मंगलबार काठमाडौँमा सम्पादकहरूसँग संवाद गर्दै आफूहरू पछाडि फर्किने पक्षमा नरहेको पनि बताएका छन्।
‘पछाडि फर्किने कुरा छैन’, उनले भने, ‘हामीले भनेको राजसंस्था हिजोको होइन, अभिभावकीय भूमिकाको हो।’
उनले आफूहरू अहिले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको पनि बताएका छन्।
लिङ्देनले अहिलेकै अस्तव्यस्त अवस्थामा बसेर पनि केही नहुने बताउँदै देशलाई अघि बढाउन केही न केही नयाँ विकल्पमा जानैपर्ने बताए।
30
Shares
प्रतिक्रिया