ad ad

राजनीति


गण्डकीमा पनि एमालेतर्फ चुहियो सत्ता गठबन्धनको मत

गण्डकीमा पनि एमालेतर्फ चुहियो सत्ता गठबन्धनको मत

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:३१, पोखरा

गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरु राष्ट्रिय सभामा निर्वाचित भएका छन्। 

भर्खरै सम्पन्न मतगणना अनुसार सत्ता गठबन्धको तर्फबाट महिलामा पर्वतकी मनरुपा शर्मा , खुला (अन्य) तर्फ  गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता÷अल्पसंख्यकतर्फ तनहुँका पदम परियार विजयी भएका हुन्।

मनरुपा माओवादी केन्द्र र बाँकी दुईजना कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन्। राप्रपाकी उम्मेदवार गौमाया श्रेष्ठले १०६ मत पाइन्। 

मनरुपा ३ हजार ६६० मतभारसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेको तर्फबाट उम्मेदवार बनेकी गोरखाकी सम्झना देवकोटाले २ हजार ५५३ र राप्रपाकी १०६ मत प्राप्त गरिन्।

शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए। उनलाई स्थानीय तहतर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए।

गठबन्धनमा आबद्ध यी दलहरूको मतभार जोड्दा तीन हजार ८२७ हुन आउँछ। मनरुपालाई गठबन्धनका ५ जना स्थानीय तहका जनप्रतिनिधिले मत हालेनन्। यो मत एमालेका उम्मेदवारलाई गएको छ।

अपाङ्ग-अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियारले ३ हजार ७७४ मतभार प्राप्त गर्दा एमालेका हेमन्त शेरचनले  २ हजार ४५८ मतभार प्राप्त गरे। 

खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ ३ हजार ८ सय ८ मतभारसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत प्राप्त गरे।

उनलाई पनि गठबन्धनमा रहेका एकजनाले मत दिएनन्  राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीले १०६ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .