ad ad

राजनीति


रविलाई शेखरको सुझाव: अहिले राजीनामा दिनू, निर्दोष साबित भए फेरि गृहमन्त्री बन्नू

बानेश्वरका कांग्रेस कार्यकर्ताको गुनासो- सरकारमा हुँदा कांग्रेसका मन्त्रीले कामै गर्न सकेनन्
रविलाई शेखरको सुझाव: अहिले राजीनामा दिनू, निर्दोष साबित भए फेरि गृहमन्त्री बन्नू

नेपालखबर
चैत १०, २०८० शनिबार १३:२८, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको दाबी गरेका छन्।

सडकदेखि संसद्‌सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइरालाले बताए।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो’, कोइरालाले भने।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनदेखि सडकसम्म विरोध प्रदर्शन गरिरहेको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै जवाफ दिँदै गृहमन्त्री लामिछाने निर्दाेष भएको दाबी गरिसकेका छन्। 

काठमाडौँको मध्य बानेश्वरमा स्थानीय कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौँका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए।

हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको अपेक्षा गरे।

स्थानीय कार्यकर्ताले पार्टीमा चाकडी प्रथा हावी भएको, सरकारमा हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएकोजस्ता गुनासा राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .