ad ad

राजनीति


रविको प्र‌शंसामा स्वर्णिमले भने– राष्ट्रकै उपप्रधानमन्त्री भन्दा पनि स्वाद आइरहेको छ

रविको प्र‌शंसामा स्वर्णिमले भने– राष्ट्रकै उपप्रधानमन्त्री भन्दा पनि स्वाद आइरहेको छ

नेपालखबर
चैत १०, २०८० शनिबार १६:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार ‘वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्बोधन’ कार्यक्रम सञ्चालन गरेको छ। 

काठमाडौँको कालिमाटी ब्यान्क्वेटमा आयोजित कार्यक्रममा तीजना वक्ताको सम्बोधन राखिएको छ। गृहमन्त्री समेत रहेका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता एवगं खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सम्बोधनका वक्ता छन्। 

सुरुमा पार्टी महामन्त्री डा. मुकुल ढकालले कार्यक्रम उद्घाटन गरे। उनले लामो सम्बोधन नगरी खेलकुदमन्त्री श्रेष्ठलाई बोल्न समय दिए। 

सम्बोधनको अन्तिममा मन्त्री श्रेष्ठले कार्यक्रममा कोही प्रस्तोता नभएको भन्दै अर्का वक्ता उपसभापति वाग्लेलाई बोल्न आग्रह गरे। 

विशेष सम्बोधनका लागि स्टेजमा पुगेका वाग्लेले सुरुमै सभापति लामिछानेको प्रशंसा गर्न थाले। 

सम्बोधन सुरु गर्दैगर्दा उनले पार्टीका सभापति लामिछानेलाई उपप्रधानमन्त्री भन्दा पनि स्वाद आएको टिप्पणी गरे।

‘हाम्रो पार्टीका आदरणीय सभापतिज्यू, मेरा मित्र एवं नेपाल राष्ट्रकै माननीय उपप्रधानमन्त्रीज्यू। यो भन्दापनि कस्तो स्वाद आइरहेको छ,’ उनले सम्बोधनको क्रममा भने। 

सरकारमा सहभागी हुनपर्नुका कारण उल्लेख गर्दै कामको सुरुवात पार्टीले गरेको उनले बताए। 


युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जनतालाई अझै केही आशा बाँकी छ भन्ने सन्देश दिनका लागि पार्टी सरकारमा सहभागी भएको बताएका छन्। 

शनिबार काठमाडौँमा आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले मिसन ०८४ मा जनतासामु जानका लागि अहिले ट्रेलर मात्रै सार्वजनिक भएको बताए। 

अहिले आम नागरिकले डेलिभरी खोजेको छ। हामी ८४ मा सरकारमा जाँदा के गर्ने भन्ने यो ट्रेलर मात्रै हो, फिल्म आउन बाँकी छ,’ मन्त्री श्रेष्ठले भने, ‘जनतालाई कहीँ न कहीँ आशा छ भन्ने पनि स्पष्ट पार्नैपर्नेछ।’

अहिले एउटा सरकारमा मात्रै रास्वपा सहभागी भएको भन्दै ८४ को निर्वाचनपछि देशभरका कम्तिमा ४ सय वटा सरकारमा रास्वपा हुनुपर्ने उनले बताए। 

‘कम्तिमा ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश दिन चाहन्छौँ,’ मन्त्री श्रेष्ठले भने। 

राजनीतिक नियुक्तिका कारण आफ्नो मन्त्रालयको धेरै काम बिग्रेको भन्दै अब बोलीले भन्दा पनि कामले जवाफ दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। 

खेलाडी विदेश पलायन हुन नसक्नेगरी राज्यले नियमन गर्नसक्नेगरी निष्पक्ष नियुक्ति आफ्नो मन्त्रालयबाट हुन लागेको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .