ad ad

राजनीति


गगनलक्षित रविको भाषण : काठमाडौँ–४ का जनतालाई अगाडि राखेर सहकारीबारे जवाफ दिन चाहन्छु

गगनलक्षित रविको भाषण : काठमाडौँ–४ का जनतालाई अगाडि राखेर सहकारीबारे जवाफ दिन चाहन्छु

नेपालखबर
चैत १०, २०८० शनिबार १७:२४, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको मुद्दालाई अघि सारेर संसद् अवरोध गरिरहेको नेपाली कांग्रेसलाई खुला बहसमा आउन आग्रह गरेका छन्। 

संसद्मा कांग्रेसले उठाएका विषयको जवाफ दिन नपाएको उल्लेख गर्दै रास्वपा सभापति समेत रहेका लामिछानेले कांग्रेसले जहाँ बोलायो त्यहीँ पुगेर आफू जवाफ दिन तयार रहेको बताए। 

शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चुनौतीको साथ भनेका छन्, ‘देशमा भएका सबै लयर, तपाईंका पार्टीका नेता लिएर आउनुहोला। सबै प्रमाण लिएर आउनुहोला। म एक्लै आउँछु।’

सदनमा यसबारे जवाफ दिन नपाएकाले कांग्रेसका नेताहरूसहित राखेर जनताकै अगाडि सार्वजनिक बहस गर्न समेत उनले चुनौती दिएका छन्। 

कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले काठमाडौँ ४ कै मतदातालाई अगाडि राखेर यसबारे बोल्न पाए अझै सजिलो हुने जिकिर गरे। 

गत चैत ६ गतेको संसद् बैठकमा रहेका कांग्रेस सांसद समेत रहेका महामन्त्री थापाले गृहमन्त्रीको राजीनामा माग गरेका थिए। 

‘यो बहस काठमाडौँको क्षेत्र नम्बर ४ मा भयो भने मलाई अझै सजिलो हुन्छ। त्यहाँका मतदाताले थाहा पाउनुपर्छ। जसलाई ठगीको आरोप सदनमा लगाइएको छ त्यो के रहेछ भनेर,’ थापाले भनेका छन्। 

गगनलाई चुनौती दिँदै लामिछानेले अघि भने, तपाईंका होनाहार एक से एक नेता अगाडि राख्नुस्। म एक्लै हरेक प्रश्नको जवाफ दिन्छु, जवाफ मात्रै होइन। समाधान पनि दिन्छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .