ad ad

कर्णाली


हुम्लामा जिप दुर्घटना, २ जनाको मृत्यु

हुम्लामा जिप दुर्घटना, २ जनाको मृत्यु

नेपालखबर
चैत १०, २०८० शनिबार १७:५९, सुर्खेत

हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जिप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडी रहेको जिल्ला प्रहरी हुम्लाका डीएसपी एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .