ad ad

राजनीति


गृहमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट, जलवायु परिवर्तनदेखि गोर्खा सैनिकसम्म चर्चा

गृहमन्त्री र बेलायती राजदूतबीच शिष्टाचार भेट, जलवायु परिवर्तनदेखि गोर्खा सैनिकसम्म चर्चा

नेपालखबर
चैत १५, २०८० बिहिबार १३:१७, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले बिहीबार शिष्टाचार भेट गरेका छन्। 

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत फेनले गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना दिए। 

यस क्रममा गृहमन्त्री लामिछानेले सय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैरसरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार प्रकट गरे। 

साथै गृहमन्त्री लामिछानेले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।   

भेटका अवसरमा बेलायती राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको जानकारी गराए।  

गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रूपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्रीले बताए।  

विकासमा साझेदारी अनन्तकालसम्म रहने अपेक्षा गर्दै राजदूत फेनले आफ्नो आग्रहलाई स्वीकार गरी शिष्टाचार भेट दिएकामा गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .