ad ad

राजनीति


गृहमन्त्रीप्रति गगनको टिप्पणी : भगवानको पार्टीले जनतालाई ठगे पनि, लुटे पनि हुने?

गृहमन्त्रीप्रति गगनको टिप्पणी : भगवानको पार्टीले जनतालाई ठगे पनि, लुटे पनि हुने?

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार १३:२०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन खोजेको बताएका छन्। 

पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि रोकिएको संवाद यात्राको नवलपरासीबाट सुरुवात गर्दै महामन्त्री थापाले नयाँ भनिएका दलहरूले पार्टीको नेतृत्वलाई भगवानको दर्जा दिएको कटाक्ष गरे।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै कडा टिप्पणी गरेका थापाले भगवानको पार्टीले जनतालाई लुटे पनि, ठगे पनि हुने भन्दै कटाक्ष गरे।

‘अहिले आएको नयाँ पार्टीमा पनि त्यस्तो छ। अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने', राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेतिर लक्षित गर्दै उनले भने, 'भगवानले ठगे पनि हुने, लुटे पनि हुने।’

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधनपछि स्थगित भएको थियो।

दोस्रो चरणको संवाद यात्रामा बिहीबार नवलपरासीका विभिन्न स्थानमा छलफल र जनगुनासो सुन्ने कार्यक्रम रहेको महामन्त्री थापाले बताएका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका लामिछाने मुछिएको भन्दै छानबिन मागसहित संसदमा अवरोध गर्दै आएको थियो।

सहकारी ठगीमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले सदनमा विरोध गरिरहेको छ।

कांग्रेसले लामिछानेले राजीनामा दिनैपर्ने माग गरिरहेको छ। तर बुधबार मात्रै संसदीय समितिमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले लामिछाने सहकारी ठगी प्रकरणमा नमुछिएको स्पष्टीकरण दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .