ad ad

राजनीति


पार्टी एक भएर भिड्ने हो भने इलाममा चुनाव जित्छौँ : महत

पार्टी एक भएर भिड्ने हो भने इलाममा चुनाव जित्छौँ : महत

नेपालखबर
चैत २४, २०८० शनिबार १८:५०, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। 

पार्टीको काठमाडौं क्षेत्र नम्बर २ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सिंगो पार्टी पंक्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गरेका हुन्। 

प्रवक्ता महतले पार्टीको जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उम्मेदवार दिएको पनि बताए। 

बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि काँग्रेसले जित हासिल गर्न सकिने भएकाले एकतावद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता उनले औंल्याए। 

‘अहिले हामी दुई वटा उपनिर्वाचनमा जाँदैछौं। इलाम जिल्लामा संघीय संसदको निर्वाचनमा त्यहाँ खाली भएको ठाउँमा निर्वाचनमा जाँदैछौं। त्यहाँ यो भन्दा अगाडिको आम निर्वाचनमा पनि अत्यन्तै झिनो मत ११४ मतले मात्रै हारेको हो,’ महतले भने, ‘डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रुपमा युवा उम्मेदवार हामीले दिएका छौँ। हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिड्ने हो भने हामी निर्वाचन जित्छौँ, त्यस्तै बझाङमा पनि त्यो सम्भव छ।’

प्रवक्ता महतले पार्टीले जनताको पक्षमा गरेका कामको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .