राजनीति


कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर मन्त्रालयमा पठाइदिनुहोला: लामिछाने

कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर मन्त्रालयमा पठाइदिनुहोला: लामिछाने

नेपालखबर
बैशाख ८, २०८१ शनिबार १४:२८, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनका बेला पैसा बाँड्नेलाई कडा कारबाही गरिने बताएका छन्। 

शनिबार इलामको फाकफोकथुममा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले मौन अवधिमा पैसा बाँड्न आउनेको फोटो खिचेर जानकारी दिन पनि मतदातालाई आग्रह गरे। 

‘अन्तिम समय, मौन अवधि पनि आउँदै छ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ’, उनले भने, ‘नागरिकलाई सचेत गराउन चोकचोक गौँडागौँडामा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ, कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .