राजनीति


नेकपाको हीरक उत्सवमा देउवादेखि बालेनसम्म (तस्बिर)

नेकपाको हीरक उत्सवमा देउवादेखि बालेनसम्म (तस्बिर)

सरोज बैजु
बैशाख १०, २०८१ सोमबार १३:३७, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हीरक उत्सव समारोहमा राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन्।

सोमबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)ले आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसम्मको उपस्थिति रहेको छ।

समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्नेछ। समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनाली, विभिन्न राजनीतिक दलका नेता सहभागी छन्।

त्यसैगरी उद्योगी, व्यवसायी, कुटनीतिज्ञ, लेखक, पत्रकारलगायतको पनि कार्यक्रममा उल्लेख्य सहभागिता रहेको छ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार पारेको वृत्तचित्र सार्वजनिक गरे।

एमालेले मिसन-२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .