राजनीति


प्रधानमन्त्री प्रचण्ड र कतारी राजा शेखबीच एक्लाएक्लै भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी राजा शेखबीच एक्लाएक्लै भेटवार्ता

नेपालखबर
बैशाख १२, २०८१ बुधबार १०:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच अहिले भेटवार्ता भइरहेको छ। 

उनीहरूबीच काठमाडौँको सोल्टीमोडस्थित सोल्टी होटलमा केही बेरअघि भेटवार्ता सुरु भएको हो। 

हेर्नुहोस् तस्बिर-

नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मंगलबार काठमाडौँ आइपुगेका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग  शीतल निवासमा भेटवार्ता गरेका थिए।

आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिरहेका हुन्। यसपछि उनको सम्मानमा प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। कतारी राजा शेख आजै स्वदेश प्रस्थान गर्ने तालिका छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .