राजनीति


अबको निर्वाचनमा पूर्ण बहुमत ल्याउने गरी अभियान थाल्न देउवाको निर्देशन

अबको निर्वाचनमा पूर्ण बहुमत ल्याउने गरी अभियान थाल्न देउवाको निर्देशन

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १४:७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्। 

शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको बताए। 

सरकार परिवर्तन भइरहने भएपनि कर्मचारीतन्त्र स्थायी हुने बताउँदै उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने जिकिर गरे। 

‘जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ। नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट हो। यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ,,’ सभापति देउवाले भने, ‘त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईहरुले दिएको अनुभव महत्वपूर्ण छ। आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु।’

सरकारको सफलता र असफलतामा कर्मचारीको भुमिका महत्वपूर्ण हुने पनि बताउँदै उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली काँग्रेसको अपूर्ण अभिष्ट भएको बताए। 

‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भुमिका रहेको छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ। त्यसैले स्थायी सरकार पनि भनिन्छ। कर्मचारीहरुको मुलुक निर्माणमा अत्यन्त ठूलो भुमिका हुन्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .