राजनीति


इलाम उपचुनाव : झडप हुनसक्ने ठाउँमा प्रहरीको ‘रिजर्भ’ टोली तैनाथ

इलाम उपचुनाव : झडप हुनसक्ने ठाउँमा प्रहरीको ‘रिजर्भ’ टोली तैनाथ

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार २२:२६, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

इलाम–२ का मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले आवश्यक सबै तयारी सकाएर मतदानका लागि समय कुरेर बसिरहेको नेपालखबरलाई बताए।

शनिबार इलाम २ सहित बझाङ प्रदेश सभा १ मा उपनिर्वाचन हुँदैछ।

मतदानस्थलमा कर्मचारी मतपत्र, पेटिकालगायत सामग्री पुगेको र आवश्यक सुरक्षा ब्यवस्थापन पनि मिलाइएको उनले बताए।

‘सबै तयारी पुरा गरेर मतदानका लागि समय कुरिरहेका छौं,’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न हुन्छ।’

उपनिर्वाचनको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछ।

इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र छन्।सुरक्षा संवेदनशीलताका हिसाबले मतदानस्थल छुट्याएर त्यहीअनुसार सुरक्षाकर्मी खटाइएको छ।

उपनिर्वाचनको सुरक्षाका लागि यो पटक नेपाली सेना परिचालन गरिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।

इलामको निर्वाचनमा अति सुरक्षा सवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्रको मोबाइल टोली ठाउँठाउँमा सक्रिय बनाइएको छ। सुरक्षालाई मध्यनजर राखेर विवाद तथा झडप हुन सक्ने स्थानका लागि सुरक्षाकर्मीको ‘रिजर्भ’ टोली पनि राखिएको सुरक्षा अधिकारीहरूले बताएका छ।

त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोली र हेलिकप्टर पनि तयारी अवस्थामा छ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरिने घिमिरेले बताए।

‘मतदान सकिनासाथ मतपेटिका ल्याउनेछौ, र अबेर भएपनी मतदान सुरु गर्नेगरी तयारी हुँदैछ।’

मतगणना गर्नुअघि राजनीतिक दलहरूबीच सर्वदलीय बैठक बस्नेछ।

उनका अनुसार इलाम सदरमुकाममा रहेको गौतम बुद्ध सभाहलमा मतगणना हुनेछ।

मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको छ।

नेकपा एमालेबाट निर्वाचित सुवास नेम्बाङको निधनपछी यहाँ उपनिर्वाचन हुन लागेको हो। निर्वाचन कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरूको सुरक्षा प्रदान गर्ने  प्रतिरोध कार्य नियन्त्रण गर्न अवलम्वन गर्ने रणनीति, मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने विशेष परिस्थिति र सुरक्षा कारवाही सम्बन्धमा सबै निकायहरूसँगको सहयोगमा स्थितिलाई सकेसम्म सम्झाइ बुझाई वातावरण सामान्य बनाउने प्रयत्न गरिने प्रहरीको दाबी छ।

यहाँको निर्वाचनमा १ हजार ३ सय ६३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतका युनिटलाई उपनिर्वाचन क्षेत्रमा परिचालन गरी थप जनशक्ति सहितको व्यवस्था गरिएको छ

नेकपा एमालेबाट निर्वाचित स्व. सुवास नेम्बाङको निधनपछी यहाँ उपनिर्वाचन हुन लागेको हो। यहाँ १९ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ।

नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली काग्रेसका डम्बर बहादुर खड्का, रास्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह लिम्बू थेगीमबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

दलहरूले यहाँको उपनिर्वाचनलाई ०८४ को निर्वाचनसँग समेत जोडेर प्रतिस्ठाको विषय बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .