राजनीति


इलाम २ मा मतदान सुरु

इलाम २ मा मतदान सुरु

इलामा-२ स्थित माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण मावि (ख) केन्द्रबाट पहिलो मतदान गर्दै रास्वपा उम्मेदवार मिलन लिम्बू


नेपालखबर
बैशाख १५, २०८१ शनिबार ७:३७, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ। सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। 

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए। 

यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम(२ मा निर्वाचन हुन लागेको हो। यहाँ १९ जना चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै बझाङ प्रदेश सभा १ (१) मा पनि मतदान शुरु भएको छ। यहाँ ११ उम्मेदवार मैदानमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .