ad ad

राजनीति


भोलि बिहान ९ बजेसम्मका लागि सर्‍यो कांग्रेस संसदीय दलको बैठक

भोलि बिहान ९ बजेसम्मका लागि सर्‍यो कांग्रेस संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ११:४१, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक भोलि जेठ १ गते बिहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिए।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामायिक विषय तथा सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक थप तयारीका लागि एक दिन सारिएको उनले बताए। 

‘संसद्को बजेट अधिवेशन सुरू भएको छ। भोली नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ तर अहिलेसम्म हामीले उठाउँदै आएको संसदीय छानविन समिति गठनको विषयमा सहमति भएको छैन। त्यसैले आज दिनभरका घटनाक्रम कसरी अगाडि बढ्छन्, त्यही आधारमा भोली छलफल गरेर आवश्यक रणनीति बनाउँदा उपयुक्त हुने ठानेर हामीले भोलीका लागि बैठक सारेका हौ’, प्रमुख सचेतक लेखकले भने।

कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ।

यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए।

सभामुख देवराज घिमिरेले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डसँग संसद् खुलाउनेबारे टेलिफोन वार्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .