ad ad

राजनीति


रवि लामिछानेलक्षित रामकुमारी झाँक्रीको टिप्पणी– सहकारीको रकम अपचलन गरेर अवस्था बदलिँदैन

रवि लामिछानेलक्षित रामकुमारी झाँक्रीको टिप्पणी– सहकारीको रकम अपचलन गरेर अवस्था बदलिँदैन

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:२१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएकी छिन्। 

आइतबार काठमाडौामा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंकित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गरिन्। 

मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउँदै उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने पनि बताइन्। 

‘मान्छेहरुमाथि कहिले काहीँ पावरमा पावर अफ एक्सरसाइज गर्ने मान्छेहरुमाथि अनाधिकृत लाञ्छना पनि लागेका हुनसक्छन्। तर छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने क्लिन चिट पाउने जिम्मेवारी स्वयं व्यक्तिको हुन्छ,’ उनले भनिन्, ‘त्यसकारण काउण्टर आरोप प्रत्यारोप होइन। मैले मिडिया ट्रायल भएको देखेँ, कान्तिपुर मिडिया ग्रुपको अध्यक्षमाथिको धरपकड कुरा। अध्यक्षको धरपकडको विषय र उहाँको संलग्नताको अवस्था र अपराधको विषय आजको फाइनान्सियल क्राइससँग र यसको तुलनासँग मात्र यो कति फरक हो।’

पूर्वमन्त्रीसमेत रहेकी झांक्रीले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको पनि बताइन्। समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने उनको भनाइ थियो। 

‘मिडियाले निरन्तर समाचार लेखे बापत गरिएको साँच्चै अपराधी, दोषीलाई कारबाही गर्न लिएको स्टेप हो की यो बदला हो? सहज अनुमान छैन  मिडिया चलाउँदैमा वा कोही पावरमा हुँदैमा उसले गरेको कसुरको सजायबाट उ मुक्त हुन्छ भन्ने होइन। तर कसुर अनुसारको सजाय र छानबिनको लागि मान्छेलाई बदलाको हिसावले राज्यले हेर्छ भने राज्यसँग त व्यक्ति लड्न सक्दैन नि,’ उनले भनिन्, ‘बदलाको हिसावले चालिएको स्टेप तर्साउने तरिका हो। त्यसको पक्षमा हामी छैनौँ। व्यवस्था ठिक छ अवस्था बदल्ने भन्ने छ। अवस्था बदल्न पुँजी चाहिन्छ। ठगेर खाएर पुँजी हुँदैन। अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ। मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .