ad ad

राजनीति


गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणा: अबदेखि महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणा: अबदेखि महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

नेपालखबर
जेठ १५, २०८१ मंगलबार ११:७, काठमाडौँ

गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका छन्। 

उनले मंगलबार (जेठ १५ गते) सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्। 

गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .