ad ad

राजनीति


प्रचण्डको ब्रिफिङ– अहिलेलाई संकट टर्‍यो, प्रतिपक्षीको खेल सफल हुँदैन

प्रचण्डको ब्रिफिङ– अहिलेलाई संकट टर्‍यो, प्रतिपक्षीको खेल सफल हुँदैन

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १५:११, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीहरूले सरकार ढाल्नेगरी विभिन्न ढंगबाट खेलेको भएपनि अहिले त्यो प्रयास सफल नहुने बताएका छन्। 

शुक्रबार बिहान सिंहदरबार बसेको पार्टी संसदीय दलको बैठकमा उनले सत्ता समीकरणमा कुनै समस्या नभएको भन्दै ढुक्क भएर जनताको काम गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। 

समसामयिक राजनीतिक गतिविधिबारे ब्रिफिङ गर्ने क्रममा उनले संसद्बाट सौहार्दपूर्ण वातावारणमा बजेट ल्याउन ठूलै संघर्ष गर्नुपरेको सुनाए। 

‘गाह्रो अप्ठेरो थियो, अहिलेलाई त्यो टरेको छ। हल्लामात्रै हो, अहिले केही समस्या छैन,’ प्रचण्डले बैठकमा राखेको भनाइ उदृत गर्दै एक सांसदले सुनाए, ‘प्रतिपक्षीले विभिन्न ढंगबाट खेलिरहेको छ। खेलेपनि अहिले सफल हुँदैन।’

उनले सरकारसामु केही चुनौती अझै रहेपनि तत्काल गठबन्धनमा हलचल नहुने सांसदहरूलाई सुनाए। 

उनले बजेट ल्याउने कुरामा सरकार भित्रैका दलबाट समेत समस्या पारेको प्रसंग समेत सुनाएका थिए। ‘सरकार भित्रबाटै अप्ठेरो त पारे, तर मैले ठूलो संघर्ष गरेर बजेट ल्याउन पर्यो। यो चानचुने संघर्षबाट सफल भएको होइन,’ उनले भने। 

‘तर, उनीहरू सफल भएनन्, हामी भयौँ भन्ने भयो,’ प्रधानमन्त्री प्रचण्डले अघि भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .