ad ad

राजनीति


सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर बजेट आएको छ : मन्त्री अर्याल

सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर बजेट आएको छ : मन्त्री अर्याल

नेपालखबर
जेठ २०, २०८१ आइतबार १७:२२, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर नै बजेट ल्याइएको बताएका छन्।

आइताबर संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्यायो भन्ने आरोप लगाउनु नहुने जिकिर गरे। 

सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ति क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताउँदै उनले मन्त्रीहरूले बजेट पठाएपछि मात्रै बजेट आएको बतए।

‘सरकारले बजेट ल्याउँदै गर्दा सबै क्षेत्रलाई समेट्यो समेटेन, निजी क्षेत्रलाई समेट्यो समेटेन, कर्मचारीहरूलाई समेट्यो की समेटेन। यसका बारेमा आज छलफल गर्दैछौँ। यो बजेट सरकारले ल्याएको हो,’ उनले भने, ‘सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्छन्, अर्को पटक नछुटाउन के गर्न सकिन्छ भनेर बहस गर्न सकिन्छ। तर नियतवश छुटाइएको हो भनेर आरोप लगाउन उचित हुँदैन। बजेट बनाउँदा सबै मन्त्रालय र मन्त्रीहरूले बजेट पठाएर नै बजेट बन्ने हो। मलाई थाहा नभइ बजेट बन्यो भन्न म सक्दिन।’ 

मन्त्री अर्यालले कर्मचारीको तलब बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .