ad ad

राजनीति


सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेस

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेस

नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:२५, काठमाडौँ

नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ। 

सोमबार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन्। 

नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने व्यवस्था छ।

सोही अनुसार सो प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .