ad ad

राजनीति


सबैभन्दा कम उमेरका युवाले हाँक्नेछन् एमालेको गोदावरी नगर

सबैभन्दा कम उमेरका युवाले हाँक्नेछन् एमालेको गोदावरी नगर

विक्रम घिमिरे


नेपालखबर
जेठ २७, २०८१ आइतबार १२:४, काठमाडौँ

नेकपा एमाले गोदावरी नगर कमिटीको अध्यक्षमा विक्रम घिमिरे निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा ब्रह्मानन्द श्रेष्ठलाई १९ मतले पराजित गर्दै घिमिरे विजयी भएका हुन्। 

घिमिरेले १२३ मत पाएर जित्दा पराजित श्रेष्ठले १ सय ४ मत मात्र प्राप्त गरे।

२५६ जना मतदाता रहेको नगर कमिटी नेतृत्व चयन गर्न चुनाव भएको थियो। निर्वाचनमा २३२ मत खसेको निर्वाचन समितिले जनाएको छ।

गोदावरी नगर कमिटी अध्यक्ष बन्ने घिमिरे सबैभन्दा कम उमेरका छन्। उनी ३० वर्षका छन्। 

उपत्यकाको सबैभन्दा ठुलो नगरपालिका गोदावरीमा चुनाव जितेसँगै औपचारिक रुपमा उनी राजनीतिको उपल्लो तहमा पुगेका छन्।

गोदावरीमा १४ वटा वडा छन्। 

नगर कमिटिको उपाध्यक्षमा रमि प्रधानाङ्ग निर्विरोध चयन भइन। यसैगरी, सचिवमा अर्जुन सञ्जेलले ११२ मत पाएर जित्दा रामहरी केसीले १ सय १० मत पाएर पराजित भए।

उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन् । थापाले १ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गोकुल तिमल्सिनाले ४९ मत प्राप्त गरे। महिला उपसचिवमा कल्पना रामदाम सर्वसम्मत निर्वाचित भएकी छन्।

घिमिरेको नेतृत्वमा एमालेको गोदावरी नगरकमिटी ७३ सदस्यीय बनेको छ। नगर कमिटीको उद्घाटन जेठ २५ गते एमालेका सचिव गोकर्ण विष्टले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .