ad ad

राजनीति


राप्रपाले सरकार चलाउन पाए १० वर्षमा नेपालमै बस्ने वातावरण बन्छ : लिङ्देन

राप्रपाले सरकार चलाउन पाए १० वर्षमा नेपालमै बस्ने वातावरण बन्छ : लिङ्देन

नेपालखबर
असोज १९, २०८१ शनिबार १९:२७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्।

आयोजित पार्टीनिकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा लिङ्देनले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायत ठूला दलका नेताहरूले देशलाई बिगारेको आरोप लगाए।

ठूला दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको उनको जिकिर थियो। 

‘म आज दाबी साथ भन्छु–राप्रपा जस्तो पार्टीले देश चलाउन पाउने हो भने ५ वर्षभित्रमा देख्न सकिने र १० वर्षभित्रमा भोग्न पाउने वातावरण निर्माण गर्न सकिनेछ। विदेश जाने सबैलाई रोक्न सकिनेछ त भन्दिनँ तर ५ देखि १० वर्ष भित्रमा ४०-५० हजार तलबका लागि कुनै पनि युवाले विदेश जानु नपर्ने परिस्थिति यही देशमा निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रा कुनै पनि विद्यार्थीले राम्रो विषय पढ्नका लागि, गुणस्तरीय शिक्षाका लागि विदेश जाने होइन। आज जसरी बंगलादेशमा डाक्टर पढनका लागि हाम्रा विद्यार्थी गइराखेका छन्। बंगलादेशी र भारतीयहरूलाई नेपालमा व्यवस्था मिलाउन सकिन्छ।’

राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्षभित्र राम्रो जगारीको व्यवस्था गराउन सकिने बताउँदै अध्यक्ष लिङ्देनले राजनीतिमा भ्रष्ट र बेइमानहरूको बिगबिगी रहेको पनि जिकिर गरे।

‘२०४६ सालदेखि अहिलेसम्म यो झन्डै ३५ वर्षको समयमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष रुपमा १८ महिना शासन चलाएको बाहेक सबै समय यो देशमा सरकार कसले चलाएको छ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि कसले चलाएको छ देश? यही कांग्रेस, यही एमाले, यही माओवादीहरूले देश चलाएका छन्। ३५ वर्षमा देशको अवस्था कहाँबाट कहाँ पुग्यो? सत्ताका लागि प्रमुख दलहरु अथवा पहिलो र दोस्रो दल मिल्न सक्छन् तर तपाईंको भविष्यको लागि, देशभित्र नै रोजगारी सृजना गर्नका लागि उनीहरु मिल्न सक्दैनन्,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .