ad ad

राजनीति


रविको कार्यक्रम विथोल्न कांग्रेस–एमाले संलग्न भएको रास्वापाको आरोप

रविको कार्यक्रम विथोल्न कांग्रेस–एमाले संलग्न भएको रास्वापाको आरोप

नेपालखबर
असोज १९, २०८१ शनिबार १७:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कार्यक्रम बिथोल्न नेपाली कांग्रेस र नेकपा एमाले संलग्न भएको आरोप लगाएको छ। लामिछानेले शनिबार चितवनमा ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम आयोजना गरेका थिए। 

सहकारी पीडितको नाममा भन्दै उक्त कार्यक्रममा प्रदर्शन भएपछि बिथोलीएको थियो। रास्वपा केन्द्रीय सदस्य दीपक बोहोरोले भने दुवै पार्टीका स्थानीय कायकर्ता लागेको दाबी गरेका छन्। ‘रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’कार्यक्रम विथोल्न खोजिएको छ। कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको पाइएको छ।’

उनले कार्यक्रममा ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी र एमाले निकट अनेरास्विवयुका हरि आचार्य पक्राउ परेको र उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल प्रहरी कार्यालय पुगेको भन्दै तस्बिर समेत सार्वजनिक गरेका छन्।

रास्वपा सभापति लामिछाने ‘सार्वजनिक सुनवाइ’ भन्दै केही दिनदेखि चितवनका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .