ad ad

राजनीति


संसद विघटनबारे ओलीको अभिव्यक्तिमाथि प्रचण्डको टिप्पणी : समीकरणमा केही फरक पार्दैन

संसद विघटनबारे ओलीको अभिव्यक्तिमाथि प्रचण्डको टिप्पणी : समीकरणमा केही फरक पार्दैन

नेपालखबर
जेठ २८, २०८१ सोमबार १९:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने आफ्नो कदम सही भएको अभिव्यक्ति दिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइले  सत्ता समीकरणमा फरक नपार्ने बताएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा उपस्थित भएर सोमबार नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटनबारे ओलीको पहिलेदेखि नै एउटा धारणा रहेको बताए। ‘केपी ओलीजीले यो धारणा सधै राख्दै आउनु भएको छ, यो उहाँले आफ्नो पार्टीमा राख्नु भएको छ,’ प्रचण्डले भने, ‘यसले सम्बन्धमा असर गर्दैन।’

यद्यपि अहिले यसबारे बोल्नु उचित हुने या नहुनेबारे भने छलफल गर्न सकिने उनले बताए। ‘अहिले नै राख्नु हुन्थ्यो कि हुँदैन्थ्यो भनेर त भन्न सकिन्छ। तर, यसले समीकरणमा केही फरक पार्दैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .