ad ad

राजनीति


कांग्रेसमाथि चौतर्फी आक्रमण भयो, पार्टी छाडेका फर्किनुहोस् : शेखर कोइराला

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो, पार्टी छाडेका फर्किनुहोस् : शेखर कोइराला

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १८:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरू फर्किनुपर्ने बताएका छन्। 

धनुषा कांग्रेसले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे।

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरू सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको धारणा राखे। राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम रहेको उनको दाबी थियो।

 गुटबन्दीकै कारण योग्य र इमान्दार सदस्य पछाडि पर्दै गएको टिप्पणी गर्दै उनले भने, ‘यतिबेला कांग्रेसको घर कमजोर भएको छ। पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्‍यो।’

जे कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन उनले सबैलाई आग्रह गरे।

‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ-आफ्नो कमीकमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौँ,’  कोइरालाले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .