ad ad

राजनीति


चीनका वरिष्ठ न्यायाधीश भेटघाटमा व्यस्त

चीनका वरिष्ठ न्यायाधीश भेटघाटमा व्यस्त

नेपालखबर
असार ३, २०८१ सोमबार १६:४६, काठमाडौँ

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको सर्वोच्च अदालका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको निमन्त्रणामा आइतबार राती नेपाल आएका हुन्।


न्यायाधीश लिउ कुइसियाङ चीनको सर्वोच्च अदालका वरिष्ठ न्यायाधीशमध्यका हुन्। उनी नेतृत्वको प्रतिनिधिमण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेल, नेपालका लागि चिनियाँ राजदूत लगायतले स्वागत गरेका थिए। 


सर्वोच्च अदालत  स्रोतका अनुसारन्याधीश लिउ कुइसियाङले आज (सोमबार) नेपालको सर्वोच्च अदालतका न्यायाधीशहरुसँग छलफल गरेका छन्। उनले भोलि (मंगलबार) कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीलाई भेट्ने समय तालिका छ।

कानुन मन्त्रीसँगको भेटपछि चिनियाँ न्यायाधीश स्वदेश फर्कने छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .