प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल र संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।
बैठक नयाँ बानेश्वरस्थित नेपाली कांग्रेस संसदीय दलका नेताको कार्यकक्षमा शुक्रबार दिउँसो बस्ने गरि बोलाइएको हो।
बजेटमा छलफल जारी रहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेसले बजेटको पुनर्लेखन गर्नुपर्ने माग गरिरहेको छ।
शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको आरोप कांग्रेसको छ।
36
Shares
प्रतिक्रिया