ad ad

राजनीति


अहिलेको गठबन्धन चुनावभन्दा पछि पनि सँगै जानसक्छ : शंकर पोखरेल

अहिलेको गठबन्धन चुनावभन्दा पछि पनि सँगै जानसक्छ : शंकर पोखरेल

तस्बिरःदीपक बोहरा/रासस


नेपालखबर
असार ८, २०८१ शनिबार २३:२८, तुलसीपुर (दाङ)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले अहिलेको वर्तमान सत्ता गठबन्धन चुनावभन्दा पनि पछिसम्म सँगै जानसक्ने बताएका छन्। 

शनिबार तुलसीपुर उपमहानगरपालिका–११ हस्नापुरमा निर्माण गरिएको श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संकट आइपर्दा सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।

एमालेलाई अहिले नै प्रधानमन्त्री पद आवश्यक नभएको उनको भनाइ थियो। 

‘धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन् तर अहिले हामीलाई प्रधानमन्त्री चाहिएको होइन’, उनले भने, ‘हामी यो समीकरणलाई आउने चुनावसम्म कायम राख्न चाहन्छौँ, त्यसभन्दा पछि पनि जानसक्छ।’

उनले टरिगाउँ विमानस्थलको धावनमार्ग एक हजार पाँच सय मिटर विस्तार गरिने बताए। त्यस्तै चारलेन सडक निर्माणका लागि पनि सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको उनको भनाइ थियो।

सालिक राखिएको स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि उद्यान निर्माण गर्ने योजना छ।

सोही ठाउँमा श्रीमणि आचार्यले नै खानेपानी ल्याएको भन्दै सालिक खानेपानी समितिको जग्गामा सालिक निर्माण गरिएको हो।

पार्क निर्माणका लागि रु एक करोड ५३ लाख बजेटसमेत विनियोजन भएको छ। कम्युनिष्ट आन्दोलनका योद्धा आचार्यको २०६४ पुस ३ गते क्यान्सरका कारण निधन भएको हो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .