ad ad

राजनीति


मन्त्रीले बजेट थपेकोमा प्रधानमन्त्रीको असन्तुष्टिबारे ओलीको जवाफ– मैले त्यस्तो सुनिनँ (भिडिओ)

मन्त्रीले बजेट थपेकोमा प्रधानमन्त्रीको असन्तुष्टिबारे ओलीको जवाफ– मैले त्यस्तो सुनिनँ (भिडिओ)

नेपालखबर
असार ११, २०८१ मंगलबार १७:१५, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्रीको असन्तुष्टिबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। 

ओलीलाई सञ्चारकर्मीले प्रधानमन्त्रीले नै मन्त्रीहरूले खुसुखुसु बजेट थप गरेछन् भनेर असन्तुष्टि राख्नुभयो? भन्दै प्रश्न गरेका थिए। 

तर, ओलीले यसबारे आफूलाई केही जानकारी नभएको भन्दै अनभिज्ञता व्यक्त गरे। ‘ हो र? मैले त सुनिनँ त त्यस्तो,’ सञ्चारकर्मीको प्रश्नको जवाफमा ओलीले भने। 

साथै, उनले बहुमतबाट बजेट पास भएकोमा राम्रो भएको प्रतिक्रिया दिए। 

‘बजेट पास भयो, राम्रो छ। बहुमतले पास गर्‍यो,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .