प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार(भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।
21
Shares
प्रतिक्रिया