प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले सदनमा एउटै विषय पटक पटक उठाउनु परेको भन्दै आशोक्र व्यक्त गरेका छन्।
संसदको आजको बैठकमा सांसद चौधरीले एउटै विषयमा पटक पटक बोल्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘सभामुख महोदय, धेरै चोटी संसदमा एउटै विषय लिएर बोलीसकेको छु। कतिपटक बोलेपछि सरकारले त्यो विषय कार्यान्वयन गर्न सक्छ? या सक्दैन?’
सांसदले सदनमा उठाएका विषय सरकारले कार्यान्वयन गर्न नसक्ने हो भने संसदमा शून्य र विशेष समयजस्ता व्यवस्था किन राखिएको हो, भन्दै उनले प्रश्न गरे।
बाढी, पहिरो लगायतका विपद्का विषयमा सचेत गराउँदै पूर्वतयारीको काम गर्न पटक पटक सदन मार्फत् आवाज उठाउदा पनि सुनुवाइ नभएको उनको गुनासो छ।
30
Shares
प्रतिक्रिया