ad ad

राजनीति


कांग्रेस बैठकमा बीआरआईबारे छलफल : अनुदान लिने, ऋण स्वीकार नगर्ने

कांग्रेस बैठकमा बीआरआईबारे छलफल : अनुदान लिने, ऋण स्वीकार नगर्ने

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार १७:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) बारे छलफल गरेको छ। 

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा बीआरआईबारे छलफल भएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए। 

बीआरआई कार्यान्वयनका सन्दर्भमा अनुदान लिने तर ऋण नलिने निष्कर्ष पार्टीले निकालेको पनि उनले बताए। 

‘अनुदान सहयोग लिएर मात्रै बीआरआई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष हाम्रो पार्टीले निकालेको छ,’ महतले भने। 

अहिले ऋणको बोझ बढिरहेको बेलामा बीआरआईमार्फत पनि ऋणको बोझ थप्न नहुने निष्कर्ष पार्टीले निकालेको उनले सुनाए। 

‘बीआरआईको कार्यान्वयनका सन्दर्भमा अनुदान सहयोग। हाम्रो एकदमै धेरै ऋणको बोझ भइसक्यो। यसलाई धेरै ठूलो बोझको रुपमा लिँदै जान हुँदैन। धेरै अनुदान सहयोग कार्यान्वयन भएको अवस्थामा, अनुदान दिनेगरेर मात्रै अगाडि बढाउनुपर्छ। अहिले ऋण लिनसक्ने अवस्था छैन,’ महतले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .