ad ad

राजनीति


गिरिजाबाबु नभएको भए गणतन्त्र आउँदैन थियो, उहाँ नथाक्ने मान्छे : देउवा

गिरिजाबाबु नभएको भए गणतन्त्र आउँदैन थियो, उहाँ नथाक्ने मान्छे : देउवा

नेपालखबर
असार १८, २०८१ मंगलबार १४:२२, काठमाडौँ

नेपाली कांग्रेसकासभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन्।

स्व. कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको उनको भनाइ थियो। गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको देउवाले उल्लेख गरे। 

आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण पनि गरे। 

‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो। त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो। त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ,’ उनले भने, ‘मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो। त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्सनमा म हारेको हो वास्तवमा। उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो। उहाँ कहिल्यै नथाक्ने मान्छे हो।’

प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रुमपा चित्रण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .