ad ad

राजनीति


रास्वपाले बोलायो संसदीय दलको बैठक, विश्वासको मतबारे छलफल हुने

रास्वपाले बोलायो संसदीय दलको बैठक, विश्वासको मतबारे छलफल हुने

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८१ बिहिबार २०:३८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार बिहान ९ बजे सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बोलाइएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (शुक्रबार) संसद्बाट लिन लागेको विश्वासको मतबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार पाचौँपटक विश्वासको मत लिँदैछन्। गत असार १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको समझदारी बनेको थियो। 

सो समझदारीसँगै नेकपा एमालेले सत्ताबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार विश्वासको मत लिन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .