ad ad

राजनीति


बेचन झा र प्रतीक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

बेचन झा र प्रतीक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

नेपालखबर
असार २८, २०८१ शुक्रबार १५:५६, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन्। केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको उनको दाबी थियो। 

‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल? सरकार के कारणले ढल्यो? हाम्रो सहमती के भयो भनेर तपाईंहरूले सदनलाई ढाट्नुभयो। यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो? स्पष्ट छ,’ गृहमन्त्री लामिछानेले भने, ‘केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। तपाईंहरूले आफुले गरेको सहमती खल्तीमा हाल्नुभएको छ। देखेका छैनौँ।’

अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनि प्रश्न समेत गरे। संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न उनले चुनौती दिए।

‘मलाई दुःख लाग्छ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतलाई भेट्न गएर भन्नुहुन्छ, म तपाईको पक्षमा छु। तिनीहरूले गलत गरे म तिनीहरुलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर जानुहुन्छ। सुशासनको अपेक्षा गर्ने? अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत भयो होला,’ लामिछानेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .